गाहामगर नेकपा एमाले गण्डकीको प्रमुख सचेतक
पाेखरा | पुस २८, २०७९
पोखराः नेपाल कम्युनिष्ट पार्टी एमालेले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहामगरलाई नियुक्त गरेको छ ।
नेकपा एमाले गण्डकी प्रदेशको आज (बिहिबार) बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहामगरलाई प्रमुख सचेतकमा नियुक्त गरेकाे हाे ।
प्रमुख सचेतक गाहामगर नवलपुरबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
यस पटक पुनः प्रदेश सभामा निर्वाचित भएपछि एमालेवृत्तमा उनी पहिलो चरण मै मन्त्री बन्ने चर्चा थियो । तर मुख्यमन्त्री अधिकारीले उनलाई प्रमुख सचेतक नियुक्त गरे ।
गाहामगर प्रदेशको मन्त्री बन्ने लाइनमा छन् ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

